Skip to main content

Posts

कक्षा कोठाभित्र !

बाल्यकाल देखी आजसम्म आईपुग्दा सम्भवत: बहुमत समय कक्षा कोठाभित्र बितेको हुनुपर्छ सबैको (बिशेषत:  समकालिन साथीहरु) ! अनी बाँकी समय निन्द्रामा ! तर यहाँ निन्द्राको कुरा गरेर सपनाको उडानमा लैजाने अभिप्राय होइन मेरो ! कुरा हो, निदाउनु भन्दा पहिले तय गरिने कोसौ यात्राको !  त्यही यात्रा मध्ये एउटा हो कक्षा कोठाभित्र हाम्ले तय गरेको लामो तर स्थिर यात्राको ! ४५ मिनेटको एक पिरेड कहिले बित्ला भनेर हतार कस्लाई हुन्नथ्यो र ! झन, एउटै टिचरको  २-३ पिरेड लगातार पर्‍यो भने त त्यो जती पिडा कहिले हुन्नथ्यो ! त्यो प्रसँग सामान्य हो , लामो समय केही कुरा पनि झेल्न अफ्ठेरो हुन्छ, अल्छि लाग्छ- समस्या, पिडा, आदी ! तर धैर्यताको पाठ सिक्ने अवसर थ्यो त्यो ,   धैर्यताको पहिलो परिक्षा थ्यो शायद ! महसुस चै खोइ, बल्ल गरिदै छ ! टिफिन टाइममा चाउ चाउ खाएर क्लासमा मसाला (हाज्मोला पनि ) नचाट्ने कमै होलान , त्यस्को मजा बेग्लै हुन्थ्यो ! चिज चाहे त्यो मुल्यबान होस् कि मुल्यहिन ,  सबैको आफ्नै अस्तित्व हुन्छ - फरक समय र स्थानको मात्र हो ! अहिले चाउ चाउको फ्याक्त्री मै लग्दे पनि कस्ले खाल...

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो !   तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ !   एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो...

दोषी समय

आज मानिस सबथोक भएको छ! कल्पनाले भ्याए सम्मको सबै कुरा प्राप्त गरेको छ उस्ले, आफ्नो बनाउन सफल भएको छ उ ! तर बिडम्बना , त्यही मानिसले अर्को मानिसलाई नै आफ्नो बनाउन सकेका छैनन, धेरैले!  कोही हाकिम भएका छन, कोइ नेता, कोइ गुरु, ब्यापारी तर उ भित्रको मानिस चै बाँकी रहेन अब! आफ्नो ओरिजिनालिटी र आफ्नो प्रिस्ठभुमिको अस्तित्वलाई नै ओझेल पार्ने गरी हासिल गरेको उपलब्धीको मुल्य कती ? चार बर्ष पढेर इन्जिनियर भाको छ , पाँच बर्ष पढेर डक्टर , १२-१५ महिनाको तालिमले पाइलट् , ब्यान्कर, टिचर, बैज्ञानीक अनी अरु के के हो ! कुनै डिग्री यस्तो छैन जुन मानिससँग नहोस् ! “जीवन” नामक यस क्याम्पसमा अरबौ विद्यार्थीहरु भर्ना भये, सेकेन्ड सेकेन्डमा हुँदैछन पनि! मानिस भएर मानिस कै डिग्री चै लिन थोरैले सके ! जुनसुकै पदमा पुगौँ, संसारको जुनसुकै कुनामा जावौं, हाम्रो पहिलो परिचय केवल मानिस हैन र ? समय सँगै हिंड्नु पर्छ/ चेन्ज हुनुपर्छ भन्थे सबै तर समयको गती सँगै परिवर्तनहरु स्वत: आउँदा रहेछन, कसैले फोर्स गरेर नहुने रैछ ! आफुलाई परिवर्तनको बाहक भन्छ, मानिस! विकासको पर्यायवाची हो, ‘परिवर्तन’ ! परिवर्तनमुखी ब...

गणतन्त्र अनी वान साइडेड लभ

प्रेम , मिलन , बियोगका कुरा गरेर मायाको संसारमा पुर्याउने उदेश्य होइन मेरो न त क्रान्ति , सिद्धान्तका कुरा गरेर राजनीतिक राणभूमी मै लाने ! मेरा लागि ति अतित भैसकेका छन , एउटा नलेखिएको ईतिहास झै ! लामो भूमिका नबाधी स्ट्रेट सुरु गर्छु ! माया एकोहोरो हुन्छ , दोहोरो हुन्छ अनी खै ट्राइएँगुलर पनि हुन्छ भन्ने सुनेको छु ! कुनै न कुनै किसिमको अनुभव तपाईंहरु मध्ये धेरैलाई भएको हुनुपर्छ भन्ने ठान्दछु ! वान साइडेड लभमा जती स्वतन्त्रता अरुमा कहाँ छ र ! मनचाह छुट पाइने , न प्रेमि / का को दबाब हुने न अरु दुनियाँको ! न डेटिङ जाने चिन्ता हुन्छ   न ब्रेक अप होला भन्ने डर !  न दोस्रो पक्षको स्विक्रिती चाहिने ! वान साइडेड लभमा पर्नु भनेको एउटा असिमित् दायराको दुनियाँमा प्रवेश गर्नु  हो ! आफ्नो दुनियाँमा मस्तले आँफैसँग रमाउनु , आँफैसँग रिसाउनु अनी मनको सगरमाथा समेत् चढाउछ यस्ले ! तर कती बेला लडाउछ त्यो भने ठेगान् हुँदैन ! वास्तविक दुनियाँ र कल्पनाको दुनियाँ बिच गहिरो कन्ट्रास्टलाई बाल नदियी मायाको मन्त्र जपिराख्नु यस्को बिशेषता हो ! पञ्चायत , प्रजातन्त्र हुँदै गणतन्...

गजल

रिसाउनेहरुलाई रिसाउन देउ तिमीसँग फकाउने पारा हुनुपर्छ ! आन्दोलन गर्छु भन्दै हिड्थ्यो गर्नदेउ , लगाउनलाई नयाँ नारा हुनुपर्छ ! अपराधी हो यो भनेर भन्थे   छोडिदेउ , समात्नलाई कानुनको धारा हुनुपर्छ ! धेरै भयो उ कुर्सिमा बसेको बस्नदेउ , उस्लाई प्रभुको ईशारा हुनुपर्छ ! गणतन्त्र आईसक्यो भन्छन सबै  भन्नदेउ , यो हल्लाको कुरा हुनुपर्छ !

एक पत्र जुकरबर्गलाई !

प्रिय जुकरबर्ग , नमस्कार ! चिठ्ठी पठाउँ ठेगाना थाहा छैन , ईमेल गरौ भनेको त्यो आईडि नि छैन ! हुलाकलाई ईमेलले बिस्थापित गरिदियो , अब ईमेललाई तिम्ले बनाको भित्तोले बिस्थापित गर्दै छ ! त्यही भएर तिम्रै भित्तोमा लेखेर पठाउने बिचार गरे ! वाट्स अन योर माइन्ड भनेर तिम्रो स्ट्याटस सोध्ने वाला छैन म , तिम्रो दीमागी ढोकाको ताल्चा खोल्न चाहन्न ! एउटा ब्यक्तिको दिमागमा के हुन्छ त्यो सबैलाई सर्वबिदित नै छ - नाम , दाम , माम अनी चाहनाका अबिरल लाम ! दिमागमा जे भये नि गुदि कुरो त्यही हो ! त्यही हुनाले सर्वप्रथम “ वाट्स अन योर माइन्ड ” भन्ने तिम्रो प्रश्न गलत चै छैन भन्दिन तर कुनै औचित्य पनि छैन ! फोटो धुलाएर एल्बममा राख्न कम्ता झन्जट हुँदैनथ्यो ! तिम्ले बनाइदेको यो ५ इन्चीको भित्तोमा जती फोटो टांसे नि नभरिने ! त्यो झन्जट सदाको लागि पार लाइदेकोमा धन्यवाद दिनै पर्छ ! फलानीले छोरो पाइछे भनेर सुनाको एउटालाई – “ अँ ! अहिले फेसबुकमै हुर्काइरहेछे रे ,  देख्दिनस घाममा तेल लाको फोटो दिनका दिन अप्लोड गरेकी रे !” बिर्सिएका पुराना सम्बन्धहरुलाई पुनर्जिवित गर्ने यो भित्...

भनाइ र भोगाइ बिच जीवन !

कहिले घाम कहिले छाया हो रे जिन्दगी ! घामछाया त समय र मौसमको कुरो हो , एउटा गरीबको घरमा रातको  अन्धकारमा घाम लागोस अनी पो भन्नु ! कोहिले जीवन एक यात्रा हो पनि भने , माइक्रो बस मोटरबाइक कहिले पैदल् हिंड्नु पर्ने भये पछी यात्रा त नहुने कुरै भएन ! फेरी कोइ भन्छन नाटक हो रे जिन्दगी ! साला , नाटक हो कि सिनेमा हो , त्यो त बनाउनेलाई थाहा होला ! खैर यो त सब भन्ने कुराहरु हुन ! जीवनको वास्तविकता त केवल भोग्नेलाई मात्र थाहा होला ! धेरै फिलोसोफी छोड्न थाल्यो यस्ले भन्नु होला ! म भन्छु जीवन फगत एक बाध्यता अनी तुलना ( कम्पेरिजन ) बाहेक अरु केही होइन ! यात्रा होस् या नाटक सुरु देखी अन्त्य सम्म बाध्यता अनी तुलना मात्रै ! ल भन्नुस् त रहरले स्कुल पढ्न जाने को को हुनुहुन्छ ! साथी गयो पढ्न अनी तपाईं नि जानु भो , बाध्यता ! तपाईं फेल हुनुभो , उ पास भो ! तपाईंको निरासाको कारण आफु फेल भन्दा नि उ पास भकोमा हुन्छ , कम्पेरिजन ! तपाईं मिहिनेत गर्नुहुन्छ आफु माथि पुग्न हो र ? कि अरु भन्दा तल परिने डरले हो , तपाईंलाई थाहाहोला ! फलानो बिदेश पुग्सक्यो आफु यतै हल्लि रा ’ छु ! ढिस्क...