Skip to main content

Posts

दल अनी राजनीतिक बिचलन !

हो म मान्छु ! माओवादी आफ्नो नितीमा स्पस्ट छ , आफु के गर्दै छु उस्ले राम्रो सँग बुझेको छ ! दुरगामी असर जे सुकै होस् , मुलुक जतिसुकै भड्खारामा जाओस , चाहे मान्छे मरुन … उस्लाई केवल आफु सर्वशक्तीमान हुनुछ , अझ भनौ प्रचन्डलाई ! जातियता , क्षेत्रियता , धार्मिकताका नारा सम्भवत त्यही सोचबाट अभिप्रेरित छ - Divide & Rule ! महिला , जनजाती , उत्पीडितका अधिकारको कुरा केवल देखाउने दांत मात्र हो ! सिङापुर र स्विजर्ल्यान्ड त हामीले देखिसक्येउ ! उ आफु जुन ब्यवस्थाको आडमा माथि पुगेका छ अरु माथि नपुगुन भनेर अब त्यो ब्यवस्था पुरानो भयो भन्नु कतीको जायद कुरा हो ! त्यसबाट पनि यिनको नियत स्पस्ट हुन्छ ! त्यस बाहेक अरुको सह - अस्तित्व उस्लाई मन पर्दैन , अहिले सम्मको उस्को गतिबिधी र आचरनले त्यो पुस्टि भैसकेको छ! यदी कुनै शक्ती परिवर्तनको नारा लेर आउछ भने त्यस्लाई बिगतका पुराना भनिएका शक्तीले जस्तै गरी गल्ती दोहोरयाउने छुट हुँदैन ! गल्ती गर्छ भने त्यो र अरु शक्तीमा केही फरक हुँदैन ! उ पटक पटक भन्छ संविधान् सभा एमाओबादी कै एजेन्डा हो , संघियता उस्कै एजेन्डा हो ! यो सत प्रतिसत सहि हो , सबैल...

पोलिटिकल कल्चर !

हार कस्ले चाहन्छ र , जित नै सबैको लक्ष्य हुन्छ चाहे त्यो चुनावी मैदानमा होस् या जीवनका अन्य खेलमा ! तर यदी तपाईंको हारले एउटा सहि पद्धतीको जित हुन्छ भने , सबैले जितेको महसुस गर्छन् भने हार्न तयार हुनुपर्छ ! मैले मेरो अनुभवबाट सिकेको कुरा ! जित्न त धेरैले जित्छन तर यदी त्यो जित सहि बाटो मार्फत प्राप्त छ भने मात्र त्यो दिगो हुन्छ , त्यस्ले उचित परीणाम दिनसक्छ ! शर्टकट बाटो चाडो लक्ष्यमा पुग्दा त्यो दिगो नहुन सक्छ !  त्यस्ताको भविस्य हुँदैन , त्यस्ता चाडै ईतिहास बन्छन ! किनकी पछी त्यही शर्टकट अप्नाएर तपाईंलाई नै मात दिदैनन भनेर भन्न सकिन्न ! विद्यार्थी कालिन जीवनमा हल्का फुल्का राजनीतिको हावाले जो कोहीलाई पनि छुन सक्छ , म पनि अछुतो रहन सकिन ! त्यती बेलाको हाम्रो राजनीतिक सोचमा एकोहोरो पन हुन्थ्यो ! अरु सबै बिचार  गलत , मैले अँगालेको बिचार र सिद्धान्त मात्र राम्रो , मलाई मनपर्ने खाल्का नेताहरु मात्र राम्रा अरु सब नराम्रा भन्ने ! ब्यवहारिक् र ब्यवसायिक पाटोमा प्रवेश गरेपछी  बिगतको हाम्रो एकोहोरो सोचमा परिवर्तन ल्याउन जरुरी ठान्छु म ! अहिले म मा त्यो एकोहोरो प्रवित्त...

भेलमा मिसिँदै छौ कि हामी ?

सामान्यत: मानिसको उदेश्य उसको समय र परिस्थितीले निर्धारण गर्छ ! तर बहुमत नेपालीको उदेश्य जन्मिनु भन्दा पहिले नै तय भैसकेको हुन्छ ! एउटा नेपाली जन्मेपछी उस्ले पढ्नु पर्छ , जागिर खानु पर्छ , घर बनाउनु पर्छ बाआमालाई पाल्नु पर्छ ! समाजमा स्थापित यही हो सत्य , यो भन्दा माथि उठ्न सकेको छैन समाज न त हामी नै! चाहे कतारको गर्मीमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने दाजुभाइ या डाँडाकाँडा घाँस दाउरा मै सिमित ति दिदिबहिनीको दिनचर्या होस् – यि कुनै रहर होइनन बाध्यता हुन ! तर वाध्यता के ले निम्त्याउछ , किन हुन्छन वाध्य ? त्यही समाजको चलनले , त्यही सत्यले डोरयाउँछ त्यो बाध्यता तिर! ४ बर्ष अघी जब इन्जिनियरिङ्ग शिक्षा सकाएर क्यारियर बनाउने मोडमा थियौं (म लगायत अन्य समकालिन साथीहरु) , एउटा सोच थियो भिजन थियो आफुले हासिल गरेको ज्ञान प्रविधी सिर्जन्शिल काम तिर लगाउने , पीडितहरुको साथ बन्ने , परिवर्तनको सम्बाहक बन्ने- समग्रमा बिकासको आधार बन्ने ! त्यो जमात कोही बिदेशमा आफुलाई परीक्षण गर्दैछन अनी कोही देशमा मौका खोज्दै छन ! देश होस् या बिदेश सोच अझै छ दिमागमा , कागजमा तर प्रयोगमा ल्याउन भने अझै कत...

पर्खाइ !

“ पाँच मिनेटमा आईपुगिहाले ” ! धेरैलाई यसरी पर्खाइयो ! आफुलाई नि धेरैले कुराये ! कुराये भनेर कत्तिले वाक्क दिक्क माने , कती रिसाये पनि ! पाँच मिनेट क्रमश : १० , १५ हुँदै आधा घण्टा एक घण्टा हुन्छ ! पर्खाइ तन्किदै जान्छ ! झन्झट नमान्नुस् ! पर्खाइको पिडा रिसाएर होइन , भेट भये पछी खुशी सँगै पिडा बिर्सनुस् ! जिन्दगीमा धेरै पर्खाइहरु झेल्नु छ , तपाईं हामीले ! कुर्नु कुराउनु मानव स्वभावको बिशेषता नै हो ! वास्तवमा जीवन नै एक पर्खाइ हो ! रातलाई दिनको पर्खाइ , बर्तमानलाई भविस्यको , भोको पेटलाई खानाको , यात्रालाइ गन्तब्यको पर्खाइ , मिहिनेतलाई सफलताको पर्खाइ ! हरेक सुरुवातलाई अन्त्यको पर्खाइ हुन्छ ! त्यो पल आउँछ , अवश्य आउँछ ढिलो चाडो आउँछ ! आफ्नो उदेश्यमा निरन्तर लागिराख्नुस् !

कक्षा कोठाभित्र !

बाल्यकाल देखी आजसम्म आईपुग्दा सम्भवत: बहुमत समय कक्षा कोठाभित्र बितेको हुनुपर्छ सबैको (बिशेषत:  समकालिन साथीहरु) ! अनी बाँकी समय निन्द्रामा ! तर यहाँ निन्द्राको कुरा गरेर सपनाको उडानमा लैजाने अभिप्राय होइन मेरो ! कुरा हो, निदाउनु भन्दा पहिले तय गरिने कोसौ यात्राको !  त्यही यात्रा मध्ये एउटा हो कक्षा कोठाभित्र हाम्ले तय गरेको लामो तर स्थिर यात्राको ! ४५ मिनेटको एक पिरेड कहिले बित्ला भनेर हतार कस्लाई हुन्नथ्यो र ! झन, एउटै टिचरको  २-३ पिरेड लगातार पर्‍यो भने त त्यो जती पिडा कहिले हुन्नथ्यो ! त्यो प्रसँग सामान्य हो , लामो समय केही कुरा पनि झेल्न अफ्ठेरो हुन्छ, अल्छि लाग्छ- समस्या, पिडा, आदी ! तर धैर्यताको पाठ सिक्ने अवसर थ्यो त्यो ,   धैर्यताको पहिलो परिक्षा थ्यो शायद ! महसुस चै खोइ, बल्ल गरिदै छ ! टिफिन टाइममा चाउ चाउ खाएर क्लासमा मसाला (हाज्मोला पनि ) नचाट्ने कमै होलान , त्यस्को मजा बेग्लै हुन्थ्यो ! चिज चाहे त्यो मुल्यबान होस् कि मुल्यहिन ,  सबैको आफ्नै अस्तित्व हुन्छ - फरक समय र स्थानको मात्र हो ! अहिले चाउ चाउको फ्याक्त्री मै लग्दे पनि कस्ले खाल...

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो !   तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ !   एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो...

दोषी समय

आज मानिस सबथोक भएको छ! कल्पनाले भ्याए सम्मको सबै कुरा प्राप्त गरेको छ उस्ले, आफ्नो बनाउन सफल भएको छ उ ! तर बिडम्बना , त्यही मानिसले अर्को मानिसलाई नै आफ्नो बनाउन सकेका छैनन, धेरैले!  कोही हाकिम भएका छन, कोइ नेता, कोइ गुरु, ब्यापारी तर उ भित्रको मानिस चै बाँकी रहेन अब! आफ्नो ओरिजिनालिटी र आफ्नो प्रिस्ठभुमिको अस्तित्वलाई नै ओझेल पार्ने गरी हासिल गरेको उपलब्धीको मुल्य कती ? चार बर्ष पढेर इन्जिनियर भाको छ , पाँच बर्ष पढेर डक्टर , १२-१५ महिनाको तालिमले पाइलट् , ब्यान्कर, टिचर, बैज्ञानीक अनी अरु के के हो ! कुनै डिग्री यस्तो छैन जुन मानिससँग नहोस् ! “जीवन” नामक यस क्याम्पसमा अरबौ विद्यार्थीहरु भर्ना भये, सेकेन्ड सेकेन्डमा हुँदैछन पनि! मानिस भएर मानिस कै डिग्री चै लिन थोरैले सके ! जुनसुकै पदमा पुगौँ, संसारको जुनसुकै कुनामा जावौं, हाम्रो पहिलो परिचय केवल मानिस हैन र ? समय सँगै हिंड्नु पर्छ/ चेन्ज हुनुपर्छ भन्थे सबै तर समयको गती सँगै परिवर्तनहरु स्वत: आउँदा रहेछन, कसैले फोर्स गरेर नहुने रैछ ! आफुलाई परिवर्तनको बाहक भन्छ, मानिस! विकासको पर्यायवाची हो, ‘परिवर्तन’ ! परिवर्तनमुखी ब...