Skip to main content

Posts

Showing posts from April, 2013

गजल

कल्पनाको संसार अहा कती सुन्दर ,  पुरा हुन्छ जहाँ हरएक रहर सपनै त हो भनें ,  एक्छिन निदाएँ एक्छिन बिउंझेर हेरें  ! दु:ख गरेर जोड्ने कोइ ,  हाँसी हाँसी टुक्र्याउँदै छन कोइ    देशै त हो भनें ,  कतै मधेश कतै पहाड भएर हेरें   ! अन्धकार नभैदिये ,  उज्यालोको के अर्थ छ र समयै त हो भनें ,  आधा दिन आधा रात काटेर हेरें  !      रोप्दैमा बिरुवा ,  फुल कहाँ फुल्ने हो र उदेश्यै त हो भनें ,  थोरै सोचें थोरै गरेर हेरें  ! माया जन्माउछ मनले ,  जन्माउछ घ्रिणा पनि यसैले मनै त हो भनें ,  अलिअली संका अलिअली बिश्वास गेरेर हेरें  ! आँखा त दुई सबको  ,  फेरी किन   त   नजर थरीथरी   सरोजको    जिवनै त हो भनें ,  कैले आफु कैले अरु   भएर हेरें   !

पहिलो गजल

कस्लाई छैन दु : ख यहाँ  , चाहे   गरीब या   धनी भये सधैं देखे दु : ख ठुलो आफ्नै   ,   शायद जिउन जानिएन   ! खोजेर इश्वर   पायो कस्ले   ,   मन्दिर धाये भेटी चढाये   हुँदो रैछ इश्वर   त्यो   आफुभित्र   ,   शायद पुज्न जानिएन ! हारेर पनि जित्नेहरु यहाँ   ,   बाजिगर कहलिये जितेर पनि हार्दैछु आफु   ,   शायद खेल्न जानिएन ! असम्भव छैन केही   ,   गर्नेहरुले रेगिस्थानलाई हरियाली बनाये गैरिखेतमा समेत धान फलेन आफ्नो   ,   शायद परिश्रम् गर्न जानिएन   ! टुटेको माया जोड्न गार्हो   ,   बरु फुटेको काच् जोडिये गल्ती मेरो भयो या भयो तिम्रो   ,   शायद माया गर्न जानिएन ! बुझ्नेहरु सरोजलाई भन्छन   ,   मनको कुरा धेरै नखोले नबुझे गजल माफ पाउ   ,   शायद लेख्न जानिएन !                              ------  (  बिराटनगर - संखुवासभा यात्राको क्रममा )