Skip to main content

Posts

Showing posts from May, 2013

गणतन्त्र अनी वान साइडेड लभ

प्रेम , मिलन , बियोगका कुरा गरेर मायाको संसारमा पुर्याउने उदेश्य होइन मेरो न त क्रान्ति , सिद्धान्तका कुरा गरेर राजनीतिक राणभूमी मै लाने ! मेरा लागि ति अतित भैसकेका छन , एउटा नलेखिएको ईतिहास झै ! लामो भूमिका नबाधी स्ट्रेट सुरु गर्छु ! माया एकोहोरो हुन्छ , दोहोरो हुन्छ अनी खै ट्राइएँगुलर पनि हुन्छ भन्ने सुनेको छु ! कुनै न कुनै किसिमको अनुभव तपाईंहरु मध्ये धेरैलाई भएको हुनुपर्छ भन्ने ठान्दछु ! वान साइडेड लभमा जती स्वतन्त्रता अरुमा कहाँ छ र ! मनचाह छुट पाइने , न प्रेमि / का को दबाब हुने न अरु दुनियाँको ! न डेटिङ जाने चिन्ता हुन्छ   न ब्रेक अप होला भन्ने डर !  न दोस्रो पक्षको स्विक्रिती चाहिने ! वान साइडेड लभमा पर्नु भनेको एउटा असिमित् दायराको दुनियाँमा प्रवेश गर्नु  हो ! आफ्नो दुनियाँमा मस्तले आँफैसँग रमाउनु , आँफैसँग रिसाउनु अनी मनको सगरमाथा समेत् चढाउछ यस्ले ! तर कती बेला लडाउछ त्यो भने ठेगान् हुँदैन ! वास्तविक दुनियाँ र कल्पनाको दुनियाँ बिच गहिरो कन्ट्रास्टलाई बाल नदियी मायाको मन्त्र जपिराख्नु यस्को बिशेषता हो ! पञ्चायत , प्रजातन्त्र हुँदै गणतन्त्र आए , नेपा

गजल

रिसाउनेहरुलाई रिसाउन देउ तिमीसँग फकाउने पारा हुनुपर्छ ! आन्दोलन गर्छु भन्दै हिड्थ्यो गर्नदेउ , लगाउनलाई नयाँ नारा हुनुपर्छ ! अपराधी हो यो भनेर भन्थे   छोडिदेउ , समात्नलाई कानुनको धारा हुनुपर्छ ! धेरै भयो उ कुर्सिमा बसेको बस्नदेउ , उस्लाई प्रभुको ईशारा हुनुपर्छ ! गणतन्त्र आईसक्यो भन्छन सबै  भन्नदेउ , यो हल्लाको कुरा हुनुपर्छ !

एक पत्र जुकरबर्गलाई !

प्रिय जुकरबर्ग , नमस्कार ! चिठ्ठी पठाउँ ठेगाना थाहा छैन , ईमेल गरौ भनेको त्यो आईडि नि छैन ! हुलाकलाई ईमेलले बिस्थापित गरिदियो , अब ईमेललाई तिम्ले बनाको भित्तोले बिस्थापित गर्दै छ ! त्यही भएर तिम्रै भित्तोमा लेखेर पठाउने बिचार गरे ! वाट्स अन योर माइन्ड भनेर तिम्रो स्ट्याटस सोध्ने वाला छैन म , तिम्रो दीमागी ढोकाको ताल्चा खोल्न चाहन्न ! एउटा ब्यक्तिको दिमागमा के हुन्छ त्यो सबैलाई सर्वबिदित नै छ - नाम , दाम , माम अनी चाहनाका अबिरल लाम ! दिमागमा जे भये नि गुदि कुरो त्यही हो ! त्यही हुनाले सर्वप्रथम “ वाट्स अन योर माइन्ड ” भन्ने तिम्रो प्रश्न गलत चै छैन भन्दिन तर कुनै औचित्य पनि छैन ! फोटो धुलाएर एल्बममा राख्न कम्ता झन्जट हुँदैनथ्यो ! तिम्ले बनाइदेको यो ५ इन्चीको भित्तोमा जती फोटो टांसे नि नभरिने ! त्यो झन्जट सदाको लागि पार लाइदेकोमा धन्यवाद दिनै पर्छ ! फलानीले छोरो पाइछे भनेर सुनाको एउटालाई – “ अँ ! अहिले फेसबुकमै हुर्काइरहेछे रे ,  देख्दिनस घाममा तेल लाको फोटो दिनका दिन अप्लोड गरेकी रे !” बिर्सिएका पुराना सम्बन्धहरुलाई पुनर्जिवित गर्ने यो भित्ताको

भनाइ र भोगाइ बिच जीवन !

कहिले घाम कहिले छाया हो रे जिन्दगी ! घामछाया त समय र मौसमको कुरो हो , एउटा गरीबको घरमा रातको  अन्धकारमा घाम लागोस अनी पो भन्नु ! कोहिले जीवन एक यात्रा हो पनि भने , माइक्रो बस मोटरबाइक कहिले पैदल् हिंड्नु पर्ने भये पछी यात्रा त नहुने कुरै भएन ! फेरी कोइ भन्छन नाटक हो रे जिन्दगी ! साला , नाटक हो कि सिनेमा हो , त्यो त बनाउनेलाई थाहा होला ! खैर यो त सब भन्ने कुराहरु हुन ! जीवनको वास्तविकता त केवल भोग्नेलाई मात्र थाहा होला ! धेरै फिलोसोफी छोड्न थाल्यो यस्ले भन्नु होला ! म भन्छु जीवन फगत एक बाध्यता अनी तुलना ( कम्पेरिजन ) बाहेक अरु केही होइन ! यात्रा होस् या नाटक सुरु देखी अन्त्य सम्म बाध्यता अनी तुलना मात्रै ! ल भन्नुस् त रहरले स्कुल पढ्न जाने को को हुनुहुन्छ ! साथी गयो पढ्न अनी तपाईं नि जानु भो , बाध्यता ! तपाईं फेल हुनुभो , उ पास भो ! तपाईंको निरासाको कारण आफु फेल भन्दा नि उ पास भकोमा हुन्छ , कम्पेरिजन ! तपाईं मिहिनेत गर्नुहुन्छ आफु माथि पुग्न हो र ? कि अरु भन्दा तल परिने डरले हो , तपाईंलाई थाहाहोला ! फलानो बिदेश पुग्सक्यो आफु यतै हल्लि रा ’ छु ! ढिस्कानोल

जीवन......

हार्दा आसुँ झरेको छैन भने , जित्दा हर्सले उफ्रेको छैन भने , मन मस्तिस्क रन्थनाउने गरी इख जागेको छैन भने , आमा - बा को डाइलग सुनेर केही गरेर देखाउने जोश उठेको छैन भने , २-३ जना सँग नजर जुधेको छैन भने , १-२ वटा ब्याक लागेको छैन भने , २-४ जना रिस गर्ने हरु भएका छैनन भने , १-२ जना जिग्री बनाउनु भा ’ छैन भने अनी मुटु दुख्ने गरी चोट लागेको छैन भने …… मलाई सङ्का छ साथी ….. साच्चै , के तिमीले जीवन जिएकै छौ  त  ?

जीवन र योजना

ओइ ! तेरो फ्युचर प्लान के छ ? जब , फर्दर स्टडि , गलफ्रेन , बिहे , बिदेश ! के सोचेको छस , यो बारेमा ! यि यावत प्रश्नहरुको चँगुल शायद तपाईंको अगाडि नि तेर्सिये होलान ! प्लान त धेरै बनाइयो , तपाईंले नि बनाउनु भो होला ? बिदेशमा ब्यस्त लाइफ बिताउछु भन्नेहरु स्वदेश मै फुर्सदिला भएका छन ! देश छोड्दिन भन्नेहरु रुपैयाँसँग डलर , पाउन्ड , रियाल साट्दै छन ! अहिले बिहे गर्दिन भन्नेहरु घोर्ले छोरो खेलाऊदै छन ! दिनमा यती घण्टा पढ्छु भनेर रुटिन बनाइएन कि भोलिबाट रक्सी खान्न , बफ छुदै छुन्न भनेर बाचा गरिएन कि ! त्यो भोली कहिले आएन ! प्रयास नभएको भने हैन , तर नहुँदो रैछ ! भोली प्रतीको अनभिज्ञता नै जिवनको रमाइलो पक्ष हो ! भोली दिनु पर्ने प्रश्नको उत्तर दिन आज नहतारिनुस् किनकी तपाईंको उत्तर सँगै तपाईंको भविस्य हराउनेछ , तपाईंको जीवन हराउनेछ ! तपाईंको अगाडि जे छ त्यसैलाइ योजना बनाउनुस् , त्यही हो जीवनको प्लान ! त्यसैलाइ अँगाल्नुस् ! जीवन कुनै मौसम हैन फोर्कास्ट गर्नलाई !   जीवन योजना / सेड्युल अनुरुप चल्दैन , कसैको चलेको रैछ भने त्यो केवल संयोग् मात्र हो !