Skip to main content

Posts

Showing posts from June, 2013

कक्षा कोठाभित्र !

बाल्यकाल देखी आजसम्म आईपुग्दा सम्भवत: बहुमत समय कक्षा कोठाभित्र बितेको हुनुपर्छ सबैको (बिशेषत:  समकालिन साथीहरु) ! अनी बाँकी समय निन्द्रामा ! तर यहाँ निन्द्राको कुरा गरेर सपनाको उडानमा लैजाने अभिप्राय होइन मेरो ! कुरा हो, निदाउनु भन्दा पहिले तय गरिने कोसौ यात्राको !  त्यही यात्रा मध्ये एउटा हो कक्षा कोठाभित्र हाम्ले तय गरेको लामो तर स्थिर यात्राको ! ४५ मिनेटको एक पिरेड कहिले बित्ला भनेर हतार कस्लाई हुन्नथ्यो र ! झन, एउटै टिचरको  २-३ पिरेड लगातार पर्‍यो भने त त्यो जती पिडा कहिले हुन्नथ्यो ! त्यो प्रसँग सामान्य हो , लामो समय केही कुरा पनि झेल्न अफ्ठेरो हुन्छ, अल्छि लाग्छ- समस्या, पिडा, आदी ! तर धैर्यताको पाठ सिक्ने अवसर थ्यो त्यो ,   धैर्यताको पहिलो परिक्षा थ्यो शायद ! महसुस चै खोइ, बल्ल गरिदै छ ! टिफिन टाइममा चाउ चाउ खाएर क्लासमा मसाला (हाज्मोला पनि ) नचाट्ने कमै होलान , त्यस्को मजा बेग्लै हुन्थ्यो ! चिज चाहे त्यो मुल्यबान होस् कि मुल्यहिन ,  सबैको आफ्नै अस्तित्व हुन्छ - फरक समय र स्थानको मात्र हो ! अहिले चाउ चाउको फ्याक्त्री मै लग्दे पनि कस्ले खाला र त्यो ? समयले त्यस्को भ्या

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो !   तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ !   एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो  ! अलमलिदै हिंड्नु भो ह

दोषी समय

आज मानिस सबथोक भएको छ! कल्पनाले भ्याए सम्मको सबै कुरा प्राप्त गरेको छ उस्ले, आफ्नो बनाउन सफल भएको छ उ ! तर बिडम्बना , त्यही मानिसले अर्को मानिसलाई नै आफ्नो बनाउन सकेका छैनन, धेरैले!  कोही हाकिम भएका छन, कोइ नेता, कोइ गुरु, ब्यापारी तर उ भित्रको मानिस चै बाँकी रहेन अब! आफ्नो ओरिजिनालिटी र आफ्नो प्रिस्ठभुमिको अस्तित्वलाई नै ओझेल पार्ने गरी हासिल गरेको उपलब्धीको मुल्य कती ? चार बर्ष पढेर इन्जिनियर भाको छ , पाँच बर्ष पढेर डक्टर , १२-१५ महिनाको तालिमले पाइलट् , ब्यान्कर, टिचर, बैज्ञानीक अनी अरु के के हो ! कुनै डिग्री यस्तो छैन जुन मानिससँग नहोस् ! “जीवन” नामक यस क्याम्पसमा अरबौ विद्यार्थीहरु भर्ना भये, सेकेन्ड सेकेन्डमा हुँदैछन पनि! मानिस भएर मानिस कै डिग्री चै लिन थोरैले सके ! जुनसुकै पदमा पुगौँ, संसारको जुनसुकै कुनामा जावौं, हाम्रो पहिलो परिचय केवल मानिस हैन र ? समय सँगै हिंड्नु पर्छ/ चेन्ज हुनुपर्छ भन्थे सबै तर समयको गती सँगै परिवर्तनहरु स्वत: आउँदा रहेछन, कसैले फोर्स गरेर नहुने रैछ ! आफुलाई परिवर्तनको बाहक भन्छ, मानिस! विकासको पर्यायवाची हो, ‘परिवर्तन’ ! परिवर्तनमुखी ब्यक्