Skip to main content

Posts

Showing posts from November, 2013

दल अनी राजनीतिक बिचलन !

हो म मान्छु ! माओवादी आफ्नो नितीमा स्पस्ट छ , आफु के गर्दै छु उस्ले राम्रो सँग बुझेको छ ! दुरगामी असर जे सुकै होस् , मुलुक जतिसुकै भड्खारामा जाओस , चाहे मान्छे मरुन … उस्लाई केवल आफु सर्वशक्तीमान हुनुछ , अझ भनौ प्रचन्डलाई ! जातियता , क्षेत्रियता , धार्मिकताका नारा सम्भवत त्यही सोचबाट अभिप्रेरित छ - Divide & Rule ! महिला , जनजाती , उत्पीडितका अधिकारको कुरा केवल देखाउने दांत मात्र हो ! सिङापुर र स्विजर्ल्यान्ड त हामीले देखिसक्येउ ! उ आफु जुन ब्यवस्थाको आडमा माथि पुगेका छ अरु माथि नपुगुन भनेर अब त्यो ब्यवस्था पुरानो भयो भन्नु कतीको जायद कुरा हो ! त्यसबाट पनि यिनको नियत स्पस्ट हुन्छ ! त्यस बाहेक अरुको सह - अस्तित्व उस्लाई मन पर्दैन , अहिले सम्मको उस्को गतिबिधी र आचरनले त्यो पुस्टि भैसकेको छ! यदी कुनै शक्ती परिवर्तनको नारा लेर आउछ भने त्यस्लाई बिगतका पुराना भनिएका शक्तीले जस्तै गरी गल्ती दोहोरयाउने छुट हुँदैन ! गल्ती गर्छ भने त्यो र अरु शक्तीमा केही फरक हुँदैन ! उ पटक पटक भन्छ संविधान् सभा एमाओबादी कै एजेन्डा हो , संघियता उस्कै एजेन्डा हो ! यो सत प्रतिसत सहि हो , सबैल

पोलिटिकल कल्चर !

हार कस्ले चाहन्छ र , जित नै सबैको लक्ष्य हुन्छ चाहे त्यो चुनावी मैदानमा होस् या जीवनका अन्य खेलमा ! तर यदी तपाईंको हारले एउटा सहि पद्धतीको जित हुन्छ भने , सबैले जितेको महसुस गर्छन् भने हार्न तयार हुनुपर्छ ! मैले मेरो अनुभवबाट सिकेको कुरा ! जित्न त धेरैले जित्छन तर यदी त्यो जित सहि बाटो मार्फत प्राप्त छ भने मात्र त्यो दिगो हुन्छ , त्यस्ले उचित परीणाम दिनसक्छ ! शर्टकट बाटो चाडो लक्ष्यमा पुग्दा त्यो दिगो नहुन सक्छ !  त्यस्ताको भविस्य हुँदैन , त्यस्ता चाडै ईतिहास बन्छन ! किनकी पछी त्यही शर्टकट अप्नाएर तपाईंलाई नै मात दिदैनन भनेर भन्न सकिन्न ! विद्यार्थी कालिन जीवनमा हल्का फुल्का राजनीतिको हावाले जो कोहीलाई पनि छुन सक्छ , म पनि अछुतो रहन सकिन ! त्यती बेलाको हाम्रो राजनीतिक सोचमा एकोहोरो पन हुन्थ्यो ! अरु सबै बिचार  गलत , मैले अँगालेको बिचार र सिद्धान्त मात्र राम्रो , मलाई मनपर्ने खाल्का नेताहरु मात्र राम्रा अरु सब नराम्रा भन्ने ! ब्यवहारिक् र ब्यवसायिक पाटोमा प्रवेश गरेपछी  बिगतको हाम्रो एकोहोरो सोचमा परिवर्तन ल्याउन जरुरी ठान्छु म ! अहिले म मा त्यो एकोहोरो प्रवित्ती हावी छैन म ग