Skip to main content

पोलिटिकल कल्चर !

हार कस्ले चाहन्छ र , जित नै सबैको लक्ष्य हुन्छ चाहे त्यो चुनावी मैदानमा होस् या जीवनका अन्य खेलमा ! तर यदी तपाईंको हारले एउटा सहि पद्धतीको जित हुन्छ भने , सबैले जितेको महसुस गर्छन् भने हार्न तयार हुनुपर्छ ! मैले मेरो अनुभवबाट सिकेको कुरा ! जित्न त धेरैले जित्छन तर यदी त्यो जित सहि बाटो मार्फत प्राप्त छ भने मात्र त्यो दिगो हुन्छ , त्यस्ले उचित परीणाम दिनसक्छ ! शर्टकट बाटो चाडो लक्ष्यमा पुग्दा त्यो दिगो नहुन सक्छ !  त्यस्ताको भविस्य हुँदैन, त्यस्ता चाडै ईतिहास बन्छन ! किनकी पछी त्यही शर्टकट अप्नाएर तपाईंलाई नै मात दिदैनन भनेर भन्न सकिन्न !

विद्यार्थी कालिन जीवनमा हल्का फुल्का राजनीतिको हावाले जो कोहीलाई पनि छुन सक्छ , म पनि अछुतो रहन सकिन ! त्यती बेलाको हाम्रो राजनीतिक सोचमा एकोहोरो पन हुन्थ्यो ! अरु सबै बिचार  गलत , मैले अँगालेको बिचार र सिद्धान्त मात्र राम्रो , मलाई मनपर्ने खाल्का नेताहरु मात्र राम्रा अरु सब नराम्रा भन्ने ! ब्यवहारिक् र ब्यवसायिक पाटोमा प्रवेश गरेपछी  बिगतको हाम्रो एकोहोरो सोचमा परिवर्तन ल्याउन जरुरी ठान्छु म ! अहिले म मा त्यो एकोहोरो प्रवित्ती हावी छैन म गर्वका साथ भन्न सक्छु ! यती भन्दै गर्दा मैले अँगालेको राजिनितिक बिचार  र सिद्धान्त प्रती मेरो उत्तिकै आस्था छ , त्यसबाट म कती पनि बिचलित भएको छुइन ! तर कतिपय साथी दाजु भाईको टिकाटिप्पनि हेर्दा त्यो एकोहोरोपन अझै उस्तै देखिन्छ ! मेरो आसय यती मात्र हो कि कुनै राजनीतिक सिद्धान्त र बिचारले बिकास प्रभावित नहोस् , बिबेक प्रभावित नहोस् , ब्यवसायिकता प्रभावित नहोस्, ब्यवहार् प्रभावित नहोस् ! सबै राजनीतिक सिद्धान्तका आ-आफ्ना राम्रा नराम्रा पक्ष छन ! कुनै दोस्रो बिचारलाई गलत भन्नु भन्दा पहिले आफुले अँगालेको सिद्धान्तका नराम्रा पक्षलाई पनि यि गलत हुन भनेर आत्मसाथ गर्न सक्नुपर्छ ! कुनै पनि सिद्धान्त जतीसुकै राम्रा भये पनि स्थाइ हुँदैनन , समय सापेक्ष मोडिफिकेसन गर्न जरुरी हुन्छ ! हिजो एक्दमै उत्तम भनिएका सिद्धान्त आज काम नलग्ने हुनसक्छ र आज राम्रो ठानिएका भोली नराम्रा प्रुभ हुनसक्छन ! ईतिहासले त्यही देखाएको छ! त्यसैले सहि लाई सहि र गलत लाई गलत भन्ने कल्चर आफुभित्र डेभेलप गर्न नसके सम्म स्थायित्व र  सुशासनको कल्पना नगरे हुन्छ !

चुनावको बेला बिचारहरुको धुर्बिकरण सामान्य हो तर बिचार अभिब्यक्तीको नाउँमा तुच्छ टिका टिप्पणी, सस्तो र क्षणिक् लोकप्रियाताको कथन ले अन्तत आँफैलाई हानी पुर्याउनेछ , सबैले बुझ्न जरुरी छ !  सबै बिचार  र सिद्धान्तका राम्रा र सबल पक्षलाई अगाडि ल्याउन सकियो भने त्यो राष्ट्रका लागि फलदायी हुनेछ, आशा गरौ !

अब हामीले भन्न सक्नु पर्छ जित कुनै नेता को होइन निती को हुनुपर्दछ!

मैले रोजेको बिचारले लक्ष्यमा पुग्न केही समय लाग्ला तर म बिस्वस्त छु, त्यो लङ्लास्टिङ हुन्छ उचित परीणाम त्यस्ले दिन्छ भनेर !


Comments

Popular posts from this blog

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको छ ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि! तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ! सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर!  भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँद...

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर या...

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो !   तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ !   एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो...