Skip to main content

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि!
तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ!
सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर! 
भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँदै सुन्दर भविस्यको आशामा ! 
समय झैँ सोच पनि गतिशिल छ! गतिशिलताले ज्ञान जन्माउँछ , सिर्जना गराउँछ,  नयाँ चाहना जगाउँछ - हामीलाई अगाडि बढाउँछ ! गतिशिलताले मान्छेलाई पूर्ण सन्तोष हुन दिँदैन ! पूर्ण सन्तोष हुनु भनेको स्थिर हुनु हो- ज्ञानमा पूर्णबिराम  , सिर्जनामा पूर्णबिराम, यात्रामा पूर्णबिराम लगाउनु हो ! त्यही भएर हामीमा थोरै असन्तोषक आवसयक छ!
भनिन्छ “इट्स नेभर टु लेट टु स्टार्ट अ गूड् वोर्क” तर पनि नहिँडेका लाई यात्रा सुरुवात गर्ने घडी अनी हिँडीरहेका लाई  थप उर्जा सहित अघी बढ्ने मौका हो यो!
हिजोको यादमा जीवन हराउने पनि छन अनी हिजोलाई सम्झिनै नचाहनेहरु पनि! भोलीको मिठो कल्पनामा रमाउन खोज्ने पनि छन अनी आज भरपुर जिउनेहरु पनि! हिजो भनेको ईतिहासको एक पाटो थ्यो, भोली भनेको गन्तब्यको एउटा पाटो!  सुन्दर भविस्यको लागि बर्तमानलाई सुन्दर बनाउन जरुरी छ !
हामी सबैले भन्ने गर्छौं -“मेरो खराब समय चलिरहेको छ” ! सफलतामा श्रेय जती आफु लिने अनी असफलताको बेला समय नै खराब थ्यो भनेर उम्किने प्रव्रित्ती नौलो होइन ! तिम्रो उदय होस् वा पतन त्यस्को जिम्मेवार स्वयम आफु भन्दा अरु कोही होइन ! समाज , सेरोफोरो , परिस्थिती लाई  दोष दिएर आफ्नो कम्जोरीलाई बाहिरबाट त लुकाऔला  तर आफुलाई ढाँट्न सकिन्न ! भित्र भित्र कमजोरीहरु झन थप्पिन्छ मात्र! समस्या, कमजोरी, दु:ख लाई जती लुकायो त्यती भित्र भित्रै ति झांगिन्छन् , जती पर भाग्न खोज्यो त्यती हावी हुन्छन ! एक पटक ति सँग फेस टु फेस भएपछी त्यहाँ समस्या रहदैन , कमजोरी रहदैन ! त्यहाँ हुन्छ संकल्प , आत्मबिश्वास समस्या सँग लड्ने अगाडि बढ्ने अनी जित्ने !
समय आफ्नै हातमा छ (तपाईंको घडी हेर्नुस् त :) ! त्यस्ले बर्तमान अनी भविस्य सुन्दर बनाउन पनि सकिन्छ बर्बाद गर्न पनि!

साल २०१५ को शुभकामना


Comments

Popular posts from this blog

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर यार ,

दोषी समय

आज मानिस सबथोक भएको छ! कल्पनाले भ्याए सम्मको सबै कुरा प्राप्त गरेको छ उस्ले, आफ्नो बनाउन सफल भएको छ उ ! तर बिडम्बना , त्यही मानिसले अर्को मानिसलाई नै आफ्नो बनाउन सकेका छैनन, धेरैले!  कोही हाकिम भएका छन, कोइ नेता, कोइ गुरु, ब्यापारी तर उ भित्रको मानिस चै बाँकी रहेन अब! आफ्नो ओरिजिनालिटी र आफ्नो प्रिस्ठभुमिको अस्तित्वलाई नै ओझेल पार्ने गरी हासिल गरेको उपलब्धीको मुल्य कती ? चार बर्ष पढेर इन्जिनियर भाको छ , पाँच बर्ष पढेर डक्टर , १२-१५ महिनाको तालिमले पाइलट् , ब्यान्कर, टिचर, बैज्ञानीक अनी अरु के के हो ! कुनै डिग्री यस्तो छैन जुन मानिससँग नहोस् ! “जीवन” नामक यस क्याम्पसमा अरबौ विद्यार्थीहरु भर्ना भये, सेकेन्ड सेकेन्डमा हुँदैछन पनि! मानिस भएर मानिस कै डिग्री चै लिन थोरैले सके ! जुनसुकै पदमा पुगौँ, संसारको जुनसुकै कुनामा जावौं, हाम्रो पहिलो परिचय केवल मानिस हैन र ? समय सँगै हिंड्नु पर्छ/ चेन्ज हुनुपर्छ भन्थे सबै तर समयको गती सँगै परिवर्तनहरु स्वत: आउँदा रहेछन, कसैले फोर्स गरेर नहुने रैछ ! आफुलाई परिवर्तनको बाहक भन्छ, मानिस! विकासको पर्यायवाची हो, ‘परिवर्तन’ ! परिवर्तनमुखी ब्यक्