Skip to main content

Posts

Showing posts from July, 2013

पर्खाइ !

“ पाँच मिनेटमा आईपुगिहाले ” ! धेरैलाई यसरी पर्खाइयो ! आफुलाई नि धेरैले कुराये ! कुराये भनेर कत्तिले वाक्क दिक्क माने , कती रिसाये पनि ! पाँच मिनेट क्रमश : १० , १५ हुँदै आधा घण्टा एक घण्टा हुन्छ ! पर्खाइ तन्किदै जान्छ ! झन्झट नमान्नुस् ! पर्खाइको पिडा रिसाएर होइन , भेट भये पछी खुशी सँगै पिडा बिर्सनुस् ! जिन्दगीमा धेरै पर्खाइहरु झेल्नु छ , तपाईं हामीले ! कुर्नु कुराउनु मानव स्वभावको बिशेषता नै हो ! वास्तवमा जीवन नै एक पर्खाइ हो ! रातलाई दिनको पर्खाइ , बर्तमानलाई भविस्यको , भोको पेटलाई खानाको , यात्रालाइ गन्तब्यको पर्खाइ , मिहिनेतलाई सफलताको पर्खाइ ! हरेक सुरुवातलाई अन्त्यको पर्खाइ हुन्छ ! त्यो पल आउँछ , अवश्य आउँछ ढिलो चाडो आउँछ ! आफ्नो उदेश्यमा निरन्तर लागिराख्नुस् !