Skip to main content

गणतन्त्र अनी वान साइडेड लभ

प्रेम, मिलन, बियोगका कुरा गरेर मायाको संसारमा पुर्याउने उदेश्य होइन मेरो न त क्रान्ति, सिद्धान्तका कुरा गरेर राजनीतिक राणभूमी मै लाने ! मेरा लागि ति अतित भैसकेका छन , एउटा नलेखिएको ईतिहास झै ! लामो भूमिका नबाधी स्ट्रेट सुरु गर्छु !

माया एकोहोरो हुन्छ, दोहोरो हुन्छ अनी खै ट्राइएँगुलर पनि हुन्छ भन्ने सुनेको छु ! कुनै न कुनै किसिमको अनुभव तपाईंहरु मध्ये धेरैलाई भएको हुनुपर्छ भन्ने ठान्दछु ! वान साइडेड लभमा जती स्वतन्त्रता अरुमा कहाँ छ र ! मनचाह छुट पाइने , प्रेमि/का को दबाब हुने न अरु दुनियाँको ! न डेटिङ जाने चिन्ता हुन्छ  न ब्रेक अप होला भन्ने डर !  न दोस्रो पक्षको स्विक्रिती चाहिने ! वान साइडेड लभमा पर्नु भनेको एउटा असिमित् दायराको दुनियाँमा प्रवेश गर्नु  हो ! आफ्नो दुनियाँमा मस्तले आँफैसँग रमाउनु, आँफैसँग रिसाउनु अनी मनको सगरमाथा समेत् चढाउछ यस्ले ! तर कती बेला लडाउछ त्यो भने ठेगान् हुँदैन ! वास्तविक दुनियाँ र कल्पनाको दुनियाँ बिच गहिरो कन्ट्रास्टलाई बाल नदियी मायाको मन्त्र जपिराख्नु यस्को बिशेषता हो !

पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्र आए, नेपाललाई पट्याउन ! पञ्चायतले वान साइडेड लभ गर्‍यो, फेरी प्रजातन्त्रसँग बोथ साइड चल्यो तर बिहे हुन नपाई फ्याट्ट ब्रेक अप भो ! अहिले अब गणतन्त्रले वान साइड पार्ट्नर् बनाको छ नेपाललाई ! न जनता गणतन्त्रसँग प्रेम गर्छन् न देशलाई नै लभ परेको छ गणतन्त्रसँग ! तर गणतन्त्र भने दंग छ, रमाइरहेको छ मनमनै , नेपाल र नेपालीलाई आफ्नो लभ पार्ट्नर् ठानेर ! अर्को पक्षको इच्छा नबुझी नतमस्तक भएर सुम्पिदिएको छ आफुलाई यस्ले, हद सम्मको स्वतन्त्रता दिएको छ !


आफुभन्दा बाहिर यस्को अस्तित्व नै छैन ! भ्रम र सत्यताको सिमानामा उभिएको छ गणतन्त्रको वान साइडेड लभ ! कुनमा गएर मिसिने हो त्यो केवल समयले बताउछ ! बेला आएको छ फैसलाको,  कि गणतन्त्रले अर्को बिकल्प खोज्नु पर्‍यो कि नेपालले अर्को !

Comments

Popular posts from this blog

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको छ ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि! तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ! सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर!  भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँद...

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर या...

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो !   तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ !   एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो...