Skip to main content

जीवन र योजना


ओइ ! तेरो फ्युचर प्लान के छ ? जब, फर्दर स्टडि, गलफ्रेन, बिहे, बिदेश ! के सोचेको छस, यो बारेमा ! यि यावत प्रश्नहरुको चँगुल शायद तपाईंको अगाडि नि तेर्सिये होलान ! प्लान त धेरै बनाइयो, तपाईंले नि बनाउनु भो होला ? बिदेशमा ब्यस्त लाइफ बिताउछु भन्नेहरु स्वदेश मै फुर्सदिला भएका छन ! देश छोड्दिन भन्नेहरु रुपैयाँसँग डलर,पाउन्ड,रियाल साट्दै छन ! अहिले बिहे गर्दिन भन्नेहरु घोर्ले छोरो खेलाऊदै छन !

दिनमा यती घण्टा पढ्छु भनेर रुटिन बनाइएन कि भोलिबाट रक्सी खान्न, बफ छुदै छुन्न भनेर बाचा गरिएन कि ! त्यो भोली कहिले आएन ! प्रयास नभएको भने हैन , तर नहुँदो रैछ ! भोली प्रतीको अनभिज्ञता नै जिवनको रमाइलो पक्ष हो ! भोली दिनु पर्ने प्रश्नको उत्तर दिन आज नहतारिनुस् किनकी तपाईंको उत्तर सँगै तपाईंको भविस्य हराउनेछ, तपाईंको जीवन हराउनेछ ! तपाईंको अगाडि जे छ त्यसैलाइ योजना बनाउनुस्, त्यही हो जीवनको प्लान ! त्यसैलाइ अँगाल्नुस् ! जीवन कुनै मौसम हैन फोर्कास्ट गर्नलाई !
 
जीवन योजना / सेड्युल अनुरुप चल्दैन, कसैको चलेको रैछ भने त्यो केवल संयोग् मात्र हो !       

Comments