Skip to main content

एक पत्र जुकरबर्गलाई !


प्रिय जुकरबर्ग ,
नमस्कार !

चिठ्ठी पठाउँ ठेगाना थाहा छैन, ईमेल गरौ भनेको त्यो आईडि नि छैन ! हुलाकलाई ईमेलले बिस्थापित गरिदियो , अब ईमेललाई तिम्ले बनाको भित्तोले बिस्थापित गर्दै छ! त्यही भएर तिम्रै भित्तोमा लेखेर पठाउने बिचार गरे!

वाट्स अन योर माइन्ड भनेर तिम्रो स्ट्याटस सोध्ने वाला छैन म , तिम्रो दीमागी ढोकाको ताल्चा खोल्न चाहन्न! एउटा ब्यक्तिको दिमागमा के हुन्छ त्यो सबैलाई सर्वबिदित नै छ - नाम, दाम, माम अनी चाहनाका अबिरल लाम ! दिमागमा जे भये नि गुदि कुरो त्यही हो! त्यही हुनाले सर्वप्रथम वाट्स अन योर माइन्डभन्ने तिम्रो प्रश्न गलत चै छैन भन्दिन तर कुनै औचित्य पनि छैन !

फोटो धुलाएर एल्बममा राख्न कम्ता झन्जट हुँदैनथ्यो ! तिम्ले बनाइदेको यो ५ इन्चीको भित्तोमा जती फोटो टांसे नि नभरिने ! त्यो झन्जट सदाको लागि पार लाइदेकोमा धन्यवाद दिनै पर्छ! फलानीले छोरो पाइछे भनेर सुनाको एउटालाई – अँ ! अहिले फेसबुकमै हुर्काइरहेछे रे देख्दिनस घाममा तेल लाको फोटो दिनका दिन अप्लोड गरेकी रे !”

बिर्सिएका पुराना सम्बन्धहरुलाई पुनर्जिवित गर्ने यो भित्ताको छमता चै अदभुत छ! कतीको सम्बन्ध यही भित्तो मार्फत जोडीये, कतिको इँगेज्मेन्ट अनी बिहे समेत् जुराइदेको छौ तिमीले ! तिम्रो यो बहुप्रतिभालाई मान्नै पर्छ ! सँगसंगै फेरी जोडीएको सम्बन्ध एकैछिनमा तोड्ने शक्ती नि तिमीसंगै छ ! इन अ रिलेसन्शिप लेख्न नपाई मिनेट पछी नै झ्याप्पै सिंगल हुन्छन! रिलेसन्सिप स्ट्याटस चाइनिज सामान भन्दा नि सस्तो बनाइदिएउ तिमीले!

सडक छेउको भित्तो र तिम्ले बनाको यो भित्तोमा खासै अन्तर देख्दिन म ! हिरो, हिरोनी, फिलिमका पोस्टर् उता नि टास्थे यता नि टासेकै छन, नेताका टाउका अनी नारा उता नि लेखिन्थे यता नि लेखिएकै छन! भोट् माग्न घर घर धाउन नि नपर्ने भो अब! एक लाइकको भरमा घर बसी बसी भोट् हाल्न पाइने ! अब खिलराजलाई भनेर सँविधान्सभा को चुनाव नि यसै मार्फत गराउनु पर्ला!

पैतालामा काँडा बिझे जस्तै गरी मन्दिर जान अल्छि गर्नेहरुलाई ओच्छ्यानबाटै प्रभुको दर्शन गर्ने मौका मिलाइदेकोमा तिम्लाई फेरी धन्यवाद दिनै पर्छ! बिना कस्ट यती सजिलै पाप पखाल्न पाएपछी मान्छेहरु रातारात धर्मभिरु भएका छन , एक लाइकका साथ एक र कमेन्टका साथ २-४ पाप एकैचोटि पखाल्न थालेका छन!

सुन्छु तिम्ले कलेज् बँक गरेर यो फेस्बुक भन्ने जिनिस बनाको रे ! हाम्रा भाईबहिनीहरु नि स्कुल कलेज् हापेर बिन्दास मिहिनेत गर्छन् तर खोइ कसैले आजसम्म एउटा सियो धरी बनाका छैनन! फेरी तिमीले त सेयर नि निकालेका छौ रे न्युयोर्कको स्टक एक्स्चेन्जमा, डलरका डलर लाभांस् कमाउँदै छौ रे ! दिनमा ७-८ घण्टा फेस्बुकमा खटेर बिताउने हामीले, केवल १५-२० लाइक्स र कमेन्ट मै चित्त बुझाउने ! केही लाभांस् पाउने कि नपाउने हँ ?

Comments

Popular posts from this blog

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको छ ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि! तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ! सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर!  भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँद...

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर या...

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो !   तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ !   एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो...