SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह , पुरै बिन्दास ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ , त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण , तपाईंले जीवन बुझ्न खोज्नु भयो , ज्ञान खोज्न थाल्नु , भो सोच्न थाल्नु भो ! तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ , जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो , समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ ! एस . एल . सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो , चौबाटो आउन थाले ! अनी अलमलमा पर्न थालियो...
Comments
Post a Comment