Skip to main content

एस् .एल. सि. पास !

SLC पास भाको दिन मनमा एउटा बेग्लै भावना जाग्रित भएर आउथ्यो ! मै हुँ भन्ने घमन्ड , संसार नै जिते जस्तो , बाटो हिड्दा अली पोज देर हिंड्ने , आदी ! मनमा चिन्ता भन्ने रत्ती पनि हुँदैन्थ्यो , न भविस्यको पर्वाह, पुरै बिन्दास  ! त्यो निस्फिक्रपनको एउटै कारण थ्यो , बर्तमानमा रमाउने हाम्रो चाहना ! त्यो बेला हामीले जीवन बुझ्ने चेस्ठा गरेकै हुँदैन थियौ, त्यही भएर हामीमा निस्चिन्तता थ्यो बर्तमान र भविस्य प्रती ! त्यो समयको जस्तो निस्चिन्तता तपाईंमा अहिले सायदै बाँकी होला ? कारण, तपाईंले जीवन बुझ्न खोज्नु भयो, ज्ञान खोज्न थाल्नु, भो सोच्न थाल्नु भो!  तर जीवन बुझेर बिताउन कठिन छ , नबुझेर बिताउन सहज छ ! जती बुझ्यो त्यती अस्पस्ट देखिन्छ, जती जान्यो त्यती नै अज्ञानी महसुस हुन्छ ! जिवनलाइ बुझ्न खोज्नु मुर्खता हो, समयको बार्बादी हो ! किनकि यस्लाई न कुनै नियमले बाधेको छ न कुनै सिद्धान्तले नै परिभासित गर्न सकेको छ! 

एस.एल.सि सम्मको समयमा जीवनको बाटो एकोहोरो थ्यो तर त्यस्पस्चातको समय बाटाहरुमा दोबाटो, चौबाटो आउन थाले  ! अनी अलमलमा पर्न थालियो  ! अलमलिदै हिंड्नु भो होला ! तर अलमल्ल परियो भनेर हिंड्न छोड्नु भनेको हार स्विकार गर्नु हो, आत्मसमर्पण गर्नु हो !

आफ्नो बिचार र बिबेकले बाटाहरु पहिल्याउदै यात्रा अगाडि बढाउनु बाहेक अन्य बिकल्प छैन !

सन्दर्भ : एस् .एल. सि. को नतिजा प्रकाशन

Comments

  1. The 7 Best Casinos in Washington State
    What Is a Local Casino? — There are nine 동두천 출장마사지 casinos that provide gaming, dining and entertainment at a 속초 출장샵 casino: Golden Nugget. What's the place to stay near me?Is it safe 문경 출장마사지 to 태백 출장마사지 gamble in Washington State? 대전광역 출장안마

    ReplyDelete

Post a Comment

Popular posts from this blog

एक फन्को………..

पृथ्वीले सुर्यको एक फन्को फेरी पुरा गरेको छ ! ३६५ (+…) दिन - बिज्ञानको भाषामा यही अवधी नै हो शायद एक बर्ष भनेको! यस्ता असंख्य अवधी ब्यतित गरिसकेको उस्को लागि त्यो नियमित प्रकृया भन्दा अरु नयाँ केही होइन! उस्लाई पुग्नु कहीँ कतै छैन ! घुमेर कहीँ कतै पुगिदैन पनि , पुग्नको लागि हिँड्नु पर्छ, अगाडि बढ्नु पर्छ ! तर पनि आफ्नो जिम्मेवारीबाट बिमुख नभइ निरन्तर परिक्रमा गरिनै रहेको छ, गरिनै रहला पनि! तर उस्को त्यो नियमित परिक्रमासँग हाम्रो समय जोडीएको छ, हाम्रो यात्रा जोडीएको छ, परिवर्तन जोडीएको छ- सारमा भन्नु पर्दा ‘जिन्दगी’ जोडीएको छ! सधैंभरी फर्केर हेरिन्न ! सधैं त अगाडि बढीन्छ , बढ्न खोजिन्छ! साल भरीको अरु समय हामी केवल अगाडि हेर्छौ तर यो क्षण एकपटक फर्केर हेर्नु भनेको पछाडि सर्नु होइन ! यो त केवल हिजोबाट केही सिक्नु हो ! राम्रो कुरालाई निरन्तरता अनी खराबलाई सच्याउने अवसर!  भारी बोक्ने भरिया यात्राको क्रममा कतै अढेस लाग्छ , पसिना पुच्छ अनी थकाई मेटाउँछ ! आफुले छिचोलेको हिँडाइ सम्झेर मुस्कुराउँछ अनी फेरी अगाडि बढ्छ! हामी पनि त्यही क्षणमा छौ ! हिजो बिताएका पलहरुलाई सम्झिँद...

एक रात : बर्दीको बास !

दिउँसो करीब ४ बजेको थ्यो , मोबाइल बज्यो ! " हेल्लो ! पर्सी बिहान १० बजेको टिकट कन्फर्म भयो ! हामी काठमाडौंबाट भोली बिहानै हिँड्छौ ! तिमी १० बजे सम्म नारायणघाट जसरी पनि पुग्नुपर्छ !" हुन्छ भनी फोन काँटे तर मेरो तयारी जिरो थ्यो !   अफिसबाट हतार गर्दै घर तिर लागे ! “ ल ममी खाजा बनाइदिनुस् त ! म हिंड्न लागेको” भन्दै लुगा ठीक पार्न थाले ! ल खत्तम , लुगा त ठीक पारीयो तर पछाडि भिर्ने खाल्को झोला नै रैन रछ घरमा ! हतार हतार छिमेकमा आन्टीको घरमा गएर झोला माँगे !  “ कती दिनलाई हो बाबु ?” मैले २ - ३ दिनलाई मात्र हो भनी झुठ बोलेर ल्याएँ ! “ बुवा! पैसा खोजिदिनु भो ?”  “ हेर ! आनन्दले घरमा बस्न छाडेर तँ किन बेक्कारमा दु : ख पाउन जान्छस” ! भनी सम्झाउनु भयो ! बुवा आमाको मन मैले बुझे तर साथीहरुलाई बचन दिइसकेकोले जानु बाहेक अरु बिकल्प थिएन !  " हे बुवा पनि ! उता बाट साथीहरु हिँडि सके! म त जसरी नि जानै पर्छ " भनें!  " ल जे गर्छस गर या...

रारा-जुम्ला यात्रा (तस्बिरमा)