Skip to main content

भेलमा मिसिँदै छौ कि हामी ?

सामान्यत: मानिसको उदेश्य उसको समय र परिस्थितीले निर्धारण गर्छ ! तर बहुमत नेपालीको उदेश्य जन्मिनु भन्दा पहिले नै तय भैसकेको हुन्छ ! एउटा नेपाली जन्मेपछी उस्ले पढ्नु पर्छ, जागिर खानु पर्छ, घर बनाउनु पर्छ बाआमालाई पाल्नु पर्छ ! समाजमा स्थापित यही हो सत्य, यो भन्दा माथि उठ्न सकेको छैन समाज न त हामी नै!

चाहे कतारको गर्मीमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने दाजुभाइ या डाँडाकाँडा घाँस दाउरा मै सिमित ति दिदिबहिनीको दिनचर्या होस् यि कुनै रहर होइनन बाध्यता हुन ! तर वाध्यता के ले निम्त्याउछ, किन हुन्छन वाध्य? त्यही समाजको चलनले, त्यही सत्यले डोरयाउँछ त्यो बाध्यता तिर!

४ बर्ष अघी जब इन्जिनियरिङ्ग शिक्षा सकाएर क्यारियर बनाउने मोडमा थियौं (म लगायत अन्य समकालिन साथीहरु), एउटा सोच थियो भिजन थियो आफुले हासिल गरेको ज्ञान प्रविधी सिर्जन्शिल काम तिर लगाउने , पीडितहरुको साथ बन्ने, परिवर्तनको सम्बाहक बन्ने- समग्रमा बिकासको आधार बन्ने ! त्यो जमात कोही बिदेशमा आफुलाई परीक्षण गर्दैछन अनी कोही देशमा मौका खोज्दै छन ! देश होस् या बिदेश सोच अझै छ दिमागमा, कागजमा तर प्रयोगमा ल्याउन भने अझै कती बर्ष लाग्ने हो या ल्याउन सकिने हो/होइन आँफैलाई सँका लाग्छ आजभोलि!

अइना नभएकालाई नदिको सङ्लो पानी भैदिन मन छ , दुखीका दु:ख किनारा लाइदिन मन छ ! तर डर लाग्छ कहिं  त्यही बाध्यता, त्यही सत्यको भेलमा शायद हामी पनि मिसिँदै छौं  कि ???

Comments